• राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता।
• प्रधानमन्त्री शाहद्वारा हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी।
• मुलुकको समसामयिक अवस्थाबारे समेत छलफल।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

