काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा गरिएको छ ।
परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयकी सचिव इन्दु घिमिरेका अनुसार बैठकमा मुलुकको शान्ति–सुरक्षा, अमनचयन, राष्ट्रिय सुरक्षा तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो ।
बैठकमा सम्भावित विपद्का घटनामा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा समेत छलफल गरिएको परिषद्ले जनाएको छ ।
बैठकले मुलुकको सुरक्षा अवस्था र विपद् प्रतिकार्यका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा गरेको बताइएको छ ।

