काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । गएराति १० बजेतिर पुनमाथि गोली प्रहार भएको हो ।
उनलाई काठमाडौं बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गोली हान्ने प्रकाश पक्ताउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् । घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।