काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक स्थिति झल्काउने रिपोर्ट सार्वजनिक गरेको हो ।
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ । यस्तै आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
रिपोर्टमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ । यसैगरी शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको पनि रिपोर्टमा उल्लेख छ ।