काठमाडौं । निजी मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजले वार्षिक दुई सेसनमा मेडिकल शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न माग राखेको छ ।
एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै दुई सेसनमा कक्षा सञ्चालनसँगै विभिन्न सातबुँदे माग अघि सारेको छ । चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरूमा हाल विद्यमान यस्ता समस्याका कारण ठूलो संख्यामा विद्यार्थी विदेशिरहेको एसोसिएसनको निस्कर्ष छ ।
यी हुन् एसोसिएसनले अघि सारेका मागहरू
१. समयअनुकूल मेडिकल शिक्षाका विभिन्न विधाको वैज्ञानिक रूपमा शिक्षा आयोगले पाँच वर्षदेखि शुल्क समायोजन नगरेको र गर्नुपर्ने
२. कलेजले लिने शिक्षण शुल्क, विश्वविद्यालयको संम्बन्धन शुल्क, परीक्षा फारम शुल्क, विश्वविद्यालयको परीक्षा सञ्चालन खर्च, सम्बन्धित काउन्सिलको दर्ता शुल्क, कम्युनिटी फिल्ड पोष्टिङ शुल्कलाई विभाजन गरी वैज्ञानिक रूपमा शुल्क निर्धारण गर्नुपर्ने ।
३. नेपाल सरकार बिमा बोर्डबाट यथाशिघ्र निर्णय गरी निजीस्तरमा सञ्चालिन मेडिकल कलेजहरूबाट सेवा स्थगन गरिएका मेडिकल कलेजहरूलाई यथाशिध्र सेवा सञ्चालन गर्न सेवा निर्देशन दिई हालको बिमा बोर्डको बिरामी उपचार सेवाको दररेटसमेत समय सापेक्ष परिमार्जन गर्नुपर्ने ।
४.मेडिकल कलेजहरूको लागत, भौतिक पूर्वाधार, भौगोलिक अवस्थालाई समेत मध्यनजर गरी चिकित्सा विधाका सम्पूर्ण कार्यक्रमलाई कलेजहरूको पूर्वाधार र सेवा सुविधाको आधारमा वार्षिक दुई सेसनमा सञ्चालन गर्नेगरी न्युनतम १००/१०० सिट संख्या तथा उन्नत, थप पूर्वाधार र सेवा सुविधाको आधारमा सो भन्दा बढी संख्यामा भर्ना गर्ने व्यवस्था गर्नुपर्ने,
५. एमबीबीएस र बीडीएस कार्यक्रममा सिट संख्या थप गर्नुपर्ने,
६. नर्सिङ तथा पारामेडिक्स कार्यक्रम बन्द गरिएका कजेजहरू सञ्चालनमा ल्याइनुपर्ने,
७. विदेशी विद्यार्थी भर्नालाई थप व्यवस्थित गर्न विदेशी विद्यार्थीलाई कलेजको क्षमता र चिकित्सा शिक्षा आयोगबाट निधारित सम्पूर्ण प्रक्रिया पुरागरी स्वयं कलेजलेनै भर्ना गर्ने व्यवस्था मिलाउनुपर्ने ।