काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाइ भाडादर घटेको छ । नेपाल आयल निगमकाे सञ्चालक समितिकाे बैठकले मंगलबार हवाइ इन्धनकाे मूल्य घटाउने निर्णय गरेकाे थियाे ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ घटेर बिक्री मूल्य प्रतिलिटर १५० रूपैयाँ कायम भएकाे छ । यस्तै, बाह्यमा प्रतिलिटर २६ रुपैयाँ अथवा प्रतिकिलोलिटर २०० डलर घटाइने भएको छ। यसपछि इन्धनकाे मूल्य प्रतिलिटर १५१ रूपैयाँ ताेकिएकाे छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
त्यसलगत्तै नागरिक उड्डयन प्राधिकरणले बुधबार लागु हुने गरी हवाई भाडा दर घटाएकाे हाे ।सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागु गरिएकाे हाे । अब काठमाडाैंदेखि सुर्खेत पुग्ने भाडा ३२० रूपैयाँले सस्तिदा ४ हजार ७८५ रूपैयाँ कायम भएकाे छ ।यसैगरी,काठमाडौंबाट रुकुमको हवाइ भाडादर २९५ रुपैयाँले भाडा घटेर ४ हजार ३८५ रूपैयाँ ताेकिएको छ ।
नेपालगंजबाट रामेछापकाे भाडा ४३५ रूपैयाँले गिरावट हुँदा ६ हजार ४९५ रूपैयाँ निर्धारण गरिएकाे छ । प्राधिकरणले विराटनगरदेखि भैरहवासम्मकाे भाडा ३९५ रूपैयाँले घट्दा ५ हजार ८९५ रूपैयाँ लाग्ने भएकाे छ । यस्तै, सिमिकोटको भाडा २ सय रुपैयाँले र सुर्खेत चौरजहारीको भाडा ७५ रुपैयाँले घटेको छ ।
काठमाडाैंबाट भैरहवाकाे भाडा तीन हजार ८५ रूपैयाँ लाग्ने भएकाे छ । यस्तै, काठमाडाैंदेखि पाेखरा जाने भाडा १६० रूपैयाँले सस्तिएर २,३८० रूपैयाँ लाग्ने भएकाे छ ।