काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। ललिता निवास प्रकरणमा उनकी श्रीमतीको नाममा समेत जग्गा भएको पाइएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो।
यस प्रकरणमा प्रहरीले मंगलबार नै अन्य ६ जनालाई पक्राउ गरिसेको छ। मंगलबार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका थिए।
प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै पूर्व नासु गोपाल कार्कीलाई समेत पक्राउ गरेको हो। अन्य पनि प्रहरीको पक्राउ गर्ने सूचीमा छन्।