काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।
मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु छ र तेस्रो वर्गमा रु पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु एक सय ७५ थियो ।
यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ। नेप्से परिसूचक बिहीबार…
काठमाडौं । फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै बिहीबारदेखि छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन नेपालकै पूर्वी पहाडी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाममा रहेको ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, July 17
ताजा :
- नेप्से परिसूचकमा लगातार तेस्रो दिन उछाल
- फिल्म ‘मैझारो’को छायांकन सुरु
- रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग, निर्वाचन आयोगमा उजुरी
- राष्ट्रपतिद्वारा दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त
- आर्थिक वर्ष २०८२/८३ सुरु, २३ पालिकामा ‘बजेट होलिडे’
- काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरिएको छः प्रधानमन्त्री
- बंगलादेशमा हिंसात्मक प्रदर्शन
- युएईले १२० नेपालीलाई दियाे आममाफी
- लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत
- जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित