काठमाडौं । अब स्वचालित रुपमा बैंकहरुले आपसी प्रतिस्पर्धा र अवस्थाअनुसार ब्याजदर तय गर्ने भएका छन्। यसअघि बैंकर्स संघले आपसी सहमतिमा ब्याजदर तोक्ने गरेको थियो। यसरी ब्याजदर तोक्दा ‘कार्टेलिङ’ भएको भनेर आरोप लाग्ने गरेको थियो। यही आरोपपछि ब्याजदरको कार्टेलिङ खारेज गरिएको हो।
संघमा आबद्ध २० कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत प्रतिनिधि सहभागी मंगलबारको बैठकले ब्याजमा हुँदै आएको कार्टेलिङ खारेज गरी बैंकहरुले आपसी प्रतिस्पर्धामा निर्धारण हुन दिने निर्णय गरेको हो।
बिहीबार बिहान बसेको उक्त बैठकको निर्णयानुसार अबदेखि निक्षेपको ब्याजदर तोक्ने जिम्मा बैंकलाई नै हुने छ। आगामी साउन १ बाट कार्यान्वयन हुने गरी बैंकहरूले ब्याजदर आफैं बढाउन, घटाउन वा यथावत् राख्न पाउने बाटो खुल्ला गरिएको हो।
बैंकर्स संघका अनुसार अब बैंकहरुले आपसी अवस्था हेरेर ब्याजदर तोक्ने छन्। उनीहरुले चाहेमा स्थीर वा तलमाथि हुने बनाउन सक्नेछन्।