काठमाडौं । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकोले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो।