काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ। आयोगले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम सुरु गरेको बताए। उनले कार्यादेशअनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्तसमेत व्यक्त गरे।
उनले सुन तस्करीसम्बन्धी अहिलेसम्म भएको अध्ययन र विचाराधिन मुद्दा तथा सिआइबीले अनुसन्धान गर्दै गरेको विषयमा पनि कहीँ कमजोरी खोज भन्ने कार्यदेश रहेको बताए।
उनले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताए। उनले अदालतलाई भएसरहको अधिकार आयोगले पाउने बताए।