काठमाडौं । सरकारले तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले इजरायलमा युद्ध भइरहेकाले तत्काल भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।
त्यस्तै उनले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराए । इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताएका छन् ।
त्यस्तै नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि साउदले जानकारी गराएका छन् ।