काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले ९ किलो सुन तस्करी प्रकरणमा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल र काठमाडौं महानगरपालिका-६, बौद्धका ५७ वर्षीय निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता बासुदेव शर्माले जानकारी दिए । मुद्दा दायर गरिएका निममा भने अझै फरार छन् ।
चारै जनाविरुद्ध भन्सार चोरी पैठारी र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता शर्माले बताए । १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो ।