काठमाडौं । भारतले नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको अनुमति दिएको छ । भारतको वाणिज्य विभागले बुधबार एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मात्रै यस्तो चामल निर्यात हुन सूचनामा उल्लेख छ । भारतले खाद्यान्नको बढ्दो मूल्यलाई इंगित गर्दै गत साउनमा बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो ।


