काठमाडौं । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा किनबेच सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य अहिलेसम्मकै धेरै प्रतितोला एक लाख १७ हजार तोकिएको छ ।
गएको शुक्रबार प्रतितोला एकलाख १६ हजार रहेको सुन शनिबार एक हजार रूपैयाँले बढेर १ लाख १७ हजार पुगेको थियो । आइतबार सुनको मूल्य घटबट नभई १ लाख १७ हजारमै कारोबार भएको छ ।
आइतबारको छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँमा कारबार भइरहेको छ ।
बजारमा चाँदी पनि मूल्य बढेर कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ मा कारोबार भएको छ ।