काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।
विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।