काठमाडौं । व्यावसायिक पुष्प खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्न स्थानीय तहहरूले तिहारमा प्लास्टिकका फूल र मालाको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएका छन् । यसैबीच लमजुङका स्थानीयहरुले पनि प्लास्टिकबाट बनेका फूल तथा मालाको बिक्रीवितरण र प्रयोगमा रोक लगाएका छन् ।
दोर्दी गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र प्लास्टिकका फूल, मालालगायत प्लास्टिकजन्य सामग्रीको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जानकारी गराइएको छ ।


