काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाले मंसिर ७ गते अर्थात बिहीबार सार्वजनिक विदा दिएको छ ।
मंगलबार बसेको पांचौ कार्यपालिका बैठकले बिहीबार पर्न गएको हरिबोधनी एकादशी (तुलसी बिबाह) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।
उनका अनुसार बिहीबार नगरपालिका कार्यालय, वडा कार्यालय, पालिका भित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका कार्यालयहरुले बन्द हुनेछ ।