काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न सुझाव दिएको छ ।
इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भीपीएन प्रयोग गरिने भए पनि इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको हो ।
नि:शुल्क भीपीएनहरुमा डाटाको सुरक्षा तथा गोपनियतासँग सम्बन्धित कमजोरीहरु रहेको अध्ययनहरुले देखाएको प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ ।
फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।