काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका तीन पदाधिकारीविरूद्ध ९ लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
अख्तियारले भुम्लु गाउँपालिका ४ स्थित उक्त वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, संगीता चौलागाईं र माधवप्रसाद चौलागाईंविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
समूहका तीनै पदाधिकारीले आपसी मिलोमतो गरी संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियतपूर्वक रकम झिकी दुरूपयोग गरेको अख्तियारको निष्कर्ष छ। उनीहरूले ९ लाख १३ हजार २ सय ८० रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।