हाम्रो हेडलाइन संवाददाता
काठमाडौं, ८ मंसिर । लमजुङको सुन्दरबजार नगरपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गराउने सम्बन्धि कार्याविधि २०८० अनुसार बीमा गर्न लागेको हो ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाभित्रका विपन्न नागरिकले १५ दिनभित्र कागजपत्रसहित स्वास्थ्य शाखामा निवेदन दिन आग्रह गरेका छन् ।