काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणलाई एनसेलले शेयर खरिदबिक्रीबारे जवाफ पठाएको छ। गत शुक्रबार मलेसियाको आजियाटा समुहले एनसेलको ८० प्रतिशत शेयर व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको थियो ।
नियामक निकायको पूर्व स्वीकृति विना नै एनसेलको शेयर खरिदबिक्री भएपछि प्राधिकरणले एनसेलसँग शुक्रबार जवाफ मागेको थियो ।
बुधबार अर्थ समितिकाे बैठकमा प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले मंगलबार जवाफ पठाएकाे र जवाफमा कागज संकलनकाे क्रममा रहेकाे जानकारी दिएकाे बताए । दूरसञ्चार नियमावली २०५४ को नियम १५ ट बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।