काठमाडौं । मधेश प्रदेश सरकारले उखुमा प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने भएको छ।
उखुको मूल्य वृद्धिसहितका माग राखेर सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशनमा बसेका किसान शेख इस्तियारको अनशन तोड्ने क्रममा मुख्यमन्त्री सरोजकुमार यादवले किसानलाई प्रदेश सरकारबाट उखुमा प्रतिक्विन्टल १० रुपैयाँ अनुदानको व्यव्यवस्था गर्ने सहमति गरेका हुन्।
सहमतिसँगै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको हातबाट जुस खाएर बिहीबार साँझ इस्तियारले अनशन तोडेका छन्।
मुख्यमन्त्री यादवसँगै मधेश प्रदेशका कृषिमन्त्री गोविन्द बहादुर न्यौपाने, उर्जा तथा जलस्रोतमन्त्री मोहम्मद फुलबाबुसहितले अनशन स्थलमै पुगेर इस्तियारलाई जुस खुवाएका हुन्।
इस्तियारलाई अनशन तोडाउन मुख्यमन्त्री यादवले सात बुँदे सहमति गरेका छन्।