काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते सोमवार दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।