काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।
अख्तियारको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीहरू विरूद्ध छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता छन्।
सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।