काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका कास्की, लमजुङ, तनहुँ, पर्वत, बाग्लुङ र पाल्पाका १४ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth Training तालिम सञ्चालन गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा Quality Growth का विषयमा सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।
साथै उहाँले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताउनुभयो ।
कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले प्रशिक्षित गर्नुभएको थियो ।
मानव संशाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने विमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजीकरण गर्नुभएको थियो ।