काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।
विमानस्थलको सुरक्षा कार्यालयका प्रमुख रहेका डीआईजी चन्दले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।
चन्दले गत वैशाख १३ मा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।
केही दिनअघि विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच झडप भएको थियो ।