काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ । सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो ।
स्वीकृत कार्य तालिकामा सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्य तालिका लागू भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताएका छन् ।
उनले बैठकमा भने– ‘गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु । हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’
बैठकमा कानुन मन्त्री धनराज गुरुङले सभामुख र संसद् सचिवालयले धेरै गृहकार्य कार्य तालिका लागू गर्ने अवस्थामा पुगेको बताए । यसले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने उल्लेख गरे ।
माघ महिनामा प्रतिनिधि सभाको २ वटा बैठक र फागुनमा १४ गतेसम्म ५ वटा बैठक बस्ने कार्य तालिका बनाइएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय (ओडिआई) शृंखलाको दोस्रो खेलमा नेपाल युएईसँग पाँच…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज…
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको अन्तिम…
काठमाडौं । नेकपा एमाले निकट मजदुरहरुको संगठन (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको निधन भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, October 30
ताजा :
- यूएईसँग नेपाल पराजित
- एनपीएलका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउने
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- भाषण गर्दागर्दै संसारबाट बिदा भए जिफन्टका उपाध्यक्ष गौतम
- २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण
- काठमाडौंमा धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ
- प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानका जहाज धमाधम ‘डाइभर्ट’
- वर्षा लिएर आयो ‘मोन्था’ चक्रवात
- संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- इनरूवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माण सम्झौता
प्रतिनिधिसभाको क्यालेन्डर बन्यो, वेबसाइटबाट सांसदको हाजिरी सार्वजनिक गरिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
