काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलले संसद् अवरुद्ध गरेका छन्। सरकारले आफूहरुले उठाएको कुरा सम्बोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको हो।
सभामुख देवराज घिमिरेले आकास्मिक समय सकेर नियमित कार्यसूचीमा प्रवेश गरेको जानकारी दिए लगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका सांसदहरुले उठेर विरोध गरेका हुन्।
सभामुख घिमिरेले पटकपटक संसद् सुचारु गर्नका लागि आग्रह गरे पनि उनीहरुले नमानेपछि अवरुद्ध भएको हो। सभामुखको आग्रहपछि पनि प्रतिपक्ष तयार नभएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 
