काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । गृहमन्त्रालयमा भएको तेस्रो दिनको वार्ता निष्कर्षविहीन भएको हो ।
आफूहरुको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग पीडितले राखेका थिए ।
आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिएपनि सकारात्मक भने नदेखिएको पीडितहरूको भनाइ छ ।