काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’
नेपाली कांग्रेससँग रुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेको खबर सार्वजनिक भएका बेला एमाले उपाध्यक्ष पाण्डेको उक्त अभिव्यक्ति आएको हो।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

