काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन् । माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित २० सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याले शपथ खुवाएकी हुन् ।
सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।