काठमाडौं । मिटरब्याजी पीडित र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। सोमबार साँझ गृहमन्त्रालयमा बसेको बैठकले दुवै पक्षबीच चार हुँदे सहमति भएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरब्याजी तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएको हो।
आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रत स्थगित गर्ने घोषणा गरेको छ। सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।