काठमाडौं । सरकारले न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरेकाे छ । उक्त संकल्पमा शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने लक्ष्य राखिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सार्वजनिक गरिएकाे संकल्पमा आर्थिक सिथिलता अन्त्य गर्ने संकल्प राखिएकाे छ । अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने पनि संकल्पमा उल्लेख गरिएकाे छ ।
विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउनेर शेयर बजारलाई नीतिगत सुधारमार्फत् चलायमान बनाउने लक्ष्य लिइएकाे छ ।