काठमाडौं । मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय आयोग गठन गरेको हो । तीन महिनाको समय सीमा दिएर बनाइएको आयोगको सदस्यमा पूर्वएआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले यसअघिमा पनि आयोग बनाएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले ५ हजारभन्दा बढी उजुरीको टुंगो लगाएको थियो । तर, त्यसपछि पनि देशभरका पीडितहरू काठमाडौं आएर आन्दोलन गरेका थिए । त्यसपछि सरकारले फेरि अर्को आयोग बनाएको हो ।