काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र त्यसका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन ‘ईयू’ को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले सन्तोषजनक काम नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
सात दिनको समय राखेर सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ । निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउण्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको छ ।
प्राधिकरणले ‘कन्टिनुइङ एयरवर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारे प्रश्न गरेको छ । जहाजहरूमा तोकिएको समयमा अनिवार्य गर्नुपर्ने मर्मत किन नगरिएको र यस्तो घटना किन बारम्बार दोहोरिने भनी प्रश्न पनि सोधिएकाे छ ।
स्पष्टीकरणको पूर्णपाठ :