काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन् ।
हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।
प्रत्येक शुक्रबारे हाटमा उपभोक्ताको भीड हुने केसीको भनाइ छ । हाटबजार सञ्चालन हुने दिन के के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेको उनले बताए । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका मह उत्पादक कृषक सुकबहादुर गुरुङले हाटबजारले गर्दा महले बजार पाएको बताए ।
स्थानीय कृषक ममिता गुरुङले पनि हाटबजार सञ्चालनले मह बिक्री गर्न सजिलो भएको बताए । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको हो । गाउँपालिका भित्रका जुनसुकै वडाका कृषकले आफूले उत्पादन गरेका सामग्री हाटमा ल्याएर बेच्न सक्ने उनको भनाइ छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपालका लागि भरोसायोग्य स्मार्टफोन ब्रान्ड सामसुङले ‘ग्यालेक्सी एम’ सिरिज अन्तर्गतको नयाँ मोडल ‘ग्यालेक्सी…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोज ले आगामी सिजन २ का…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मामाथि लक्षित…
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, July 23
ताजा :
- सामसुङको ग्यालेक्सी एम३६ फाइभ जी नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?
- चितवन राइनोनले सार्वजनिक गर्यो नयाँ लोगो
- जनार्दन लक्षित दाहालको टिप्पणी- पार्टीभित्र कति साथीहरूले सिङ्गौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ
- सेयर बजार ५.१७ अंकले उकालो, १९ अर्ब ५७ करोडको कारोबार
- लमजुङमा जुवातास खेल्दै गरेका सात जना पक्राउ, होटल सञ्चालक समेत संलग्न
- राप्रपाका पाँच नेतामाथिको कारबाहीबारे निर्वाचन आयोगको पत्राचार
- युवालाई देशमै रोजगारी: प्रधानमन्त्री
- अब नर्सिङ पढ्न परीक्षा नहुने, जीपीएकै आधारमा भर्ना हुने
- राइनास सिंचाइ नहरमा फेला परेको शवको पहिचान खुल्यो
- मधेश प्रदेशका आठवटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा
आँबुखैरेनी गाउँपालिकाको हाटबजारमा स्थानीय महदेखि सिस्नुसम्म
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित