काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिने भएको छ । हिजो साँझ परीक्षण प्रिन्टिङ सफल भएको यातायात व्यवस्था विभागले जनाएकाे छ ।
योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ ।