ललितपुर । ललितपुर महानगरपालिका १ वडा, कोपुण्डोलमा कौसी खेती प्रवद्र्धनका लागि कौसी खेती प्रतियोगिता हुने भएको
छ । गृहिणी महिलाहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा कौसी खेतीका तरकारी,
साना फलफूल तथा पुष्प खेती व्यवस्थापनलाई समेत समेटेको छ ।
ललितपुर महानगरपालिका १ वडाबाट एक घर एक कम्पोष्टविन वितरण अभियान सम्पन्न भएपश्चात् कम्पोष्ट
विनबाट बनेको मलको सहि सदुपयोग गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले
जनाएको छ ।
यस प्रतियोगितामा भाग लिनको लागि कुनै शुल्क नलाग्ने र १ वडा भित्र घर हुनुपर्ने बताइएको छ ।
उत्कृट प्रतियोगी छनौटका लागि वडा कार्यालयले विभिन्न विधि तय गरेको छ । जसमा कौशी वा बगैंचाको लेआउट,
कम्पोष्ट मलको प्रयोग, फोहोरमैलाको व्यवस्थापन, मौसम अनुसारको विरुवा छनौट, नियमित हेरचाह तथा
पानीको प्रयोग जस्ता मापदण्डहरुको आधारमा उत्कृष्ट छनौट हुनेछन् ।
कार्यालयको रेकर्ड अनुसार हालसम्म प्रतियोगितामा १५० जना बढिले सहभागिता जनाएका छन् । वडा अध्यक्ष
निर्मल तण्डुकारका अनुसार फोहोरमैला व्यवस्थापन, नेपालमा आयात हुनेतरकारीको केही मात्रामा विस्थापन गरी
आत्मनिर्भरता, अर्गानिक र स्वच्छ खाद्यान्नको उपयोग, हरियाली प्रवद्र्धनमार्फत प्रदूषणमुक्त वातावरण
निर्माण,लगायत विविध उद्देश्यहरु लिएर यो कार्यक्रम सञ्चालन गरिएको र विजेताहरुलाई नगद पुरस्कार
प्रमाणपत्र र सम्मान गर्ने तयारी समेत वडा कार्यालयले गरेको बताएका छन् ।