काठमाडौं । विशेष अदालतले पेमेन्ट गेटवे भ्रष्टाचार प्रकणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय सुनाएइको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गर्दै सोही अनुसार जरिवाना हुने फैसला गरेको छ।
सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) का उपकरण तथा परामर्श सेवा खरिदमा पौडेल दोषी ठहर भएका हुन्। जरिवाना तोकिएको बराबरको रकम पौडेलबाट असुलउपर गर्न समेत अदालतले आदेश दिएको छ।
पौडेलको सजाय निर्धारणका लागि मंगलबार पेशी तोकिएको थियो। दोषी ठहर लगत्तै उनी डिल्लीबजार कारागार चलान भएका छन्।
यही मुद्दामा सचिव मधुकुमार मरासिनीसहित ८ जनाले भने सफाइ पाएका थिए।