काठमाडौं । लमजुङमा गाँजासहित एक जना पक्राउ परेका छन् । सुन्दरबजार ७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
सापकोटाको साथबाट प्रहरीले ४ किलो ३ सय ५ ग्राम गाँजा समेत बरामद गरेको छ । बुधबार राति उनको घर तलासी गर्दा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सापकोटालाई आवश्यक कारबाहीको लागि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजु्ङले जनाएको छ ।