काठमाडौं । अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको हो । यो व्यवस्था लागू हुन राष्ट्र बैंकले छुट्टै निर्देशन जारी गर्नुपर्ने हुन्छ ।
यो व्यवस्थाले अटो कर्जा बढ्ने भएकाले आर्थिक गतिविधि चलायमान हुने राष्ट्र बैंकको दाबी छ ।