काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाबीच बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।
त्यसअघि नीति तथा कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जमदूर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाधयक्ष स्वर्णिम वाग्लेलगायतले छलफलमा सहभागी भएका थिए।
त्यसमा प्रेम सुवालले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो भने छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए।
सोसँगै सभामुख घिमिरेले निर्णयार्थ पेस गरेकामा बहुमतले पारित भएको घोषणा गरे । बैठकको आजको कार्यसूची स्थगित भएको छ । अब बैडक १५ जेठमा बजेट प्रस्तुत हुने दिन बोलाइएको छ।