काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी ब्राण्ड नामीको ०१ मोडल शोरुममा आईपुगेको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले सो नयाँ ह्याचब्याक कार नेपाल ल्याएको हो ।
कम्पनीले यसअघि नै भन्सार प्रायोजनका लागी कारको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरिसकेको छ । जसअनुसार नामी–०१ को मूल्य ३९ लाख ९९ हजार तोकिएको छ । नेपाल आएको भेरिएन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर यात्रा गर्न सकिने दावी छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी–०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ । सुरक्षाका लागि यसमा लेवल टु एडिएएस फिचर सहित ३६० डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग लगायत उपलब्ध छ ।