काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्याल र नेपाल सरकारका केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लैजाने तयारी गरेको छ।
अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भ्रष्टाचार भएको दाबीसहत उनलाई दोषी किटान गर्दै मुद्दा चलाउने निर्णय भएको हो।
उनीसँगै अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि मुद्दा दायर गर्ने तयारी भएको छ। शाक्य हाल अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्।
अर्याल संचार सचिव र शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
