काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ ।
आइतबार बजार ११३.४२ अंकले बढेर २६८१.४२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
यस दिन वाणिज्य बैंकहरुको सेयरमूल्यमा उछाल आएको छ । आइतबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंकसहित २१ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यस दिन सबैभन्दा बढी कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड १० लाख रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ३२ करोड २५ लाख ९१ हजार रुपैयाँ, शिभम् सिमेन्टको ३२ करोड २२ लाख रुपैयाँ र हावथे इन्भेष्टमेन्टको २७ करोड ९७ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।