काठमाडौं । अमेरिकी डलरको मूल्य फेरि कीर्तिमानी उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २२ गते मंगलबार एक अमेरिकी डलरको खरिददर १३३.८६ रुपैयाँ र बिक्रीदर १३४.४६ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत साउन २० गते डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ थियो ।
अमेरिका, भारतसहितका मुलुकहरुको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेकाले डलरको मूल्य उच्च दरले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपया कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुन पुगेको हो ।
यसैगरी, यो दिन एक यूरोको खरिददर १४६.५६ रुपैयाँ र बिक्रीदर १४७.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ छ ।