काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बिहीवार (आज) सम्पन्न भएको छ । सभा कास्कीको पोखरा–८, न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।
सभाले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै कम्पनीले आफ्नो जारी पूँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशतको हुन आउने रू. २२ करोड ५० लाखको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्नेछ ।
सोही सभाले आईपीओ निष्कासन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै आईपीओ विक्रीबाट प्राप्त हुने रकम लघु जीवन बीमा कम्पनीहरूका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी उपयोग गर्ने निर्णय पनि सभाबाट पारित भएको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा भएको उक्त सभामा कम्पनीका सञ्चालक, शेयरधनी, कर्मचारीको उपस्थिति थियो ।