२ भदौ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ३ हजारले बढेको हो । शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सँगै नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार १७६० रुपैयाँमा कारोबार भएको चाँदी ५० रुपैयाँले बढेर १८१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।