काठमाडौं । श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाताको सङ्ख्या ६ वर्षमा करिब ९ गुणाले वृद्धि भएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा श्रम अडिट गरिएका रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या ४६९ रहेकोमा आव २०८०र८१ मा चार हजार १३९ पुगेको छ ।
विभागका अनुसार श्रम ऐन र नियमावलीको प्रावधान अनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध गराउन ‘श्रम अडिट मापदण्ड २०७५’ जारी गरिएपछि सबैभन्दा बढी श्रम अडिट प्रतिवेदन आव २०८०र८१ मा पेश भएको छ।
आव २०७९/८० मा तीन हजार ४२३ रोजगारदाता अडिट भएका थिए। आव २०७८/७९ मा श्रम अडिट पेश गर्नेको सङ्ख्या दुई हजार ९१९ थियो। यस्तै आव २०७७/७८ मा दुई हजार ३१३ रहेको थियो ।